हिज्बुल्लाहको कमान्ड केन्द्र ध्वस्त पारेको इजरायलको दाबी
आइतबार, ०१ चैत २०८२, १४ : ४०
तेल अभिभ । लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको कमान्ड केन्द्र ध्वस्त पारेको इजरायली सेनाले दाबी गरेको छ । शनिबार हिजबुल्लाहको एलिट रदवान फोर्सको कमान्ड केन्द्र ध्वस्त पारेको बताइएको हो ।
इजरायली रक्षा बल (आईडीएफ) ले जारी गरेको वक्तव्यमा बेरुतस्थित हिज्बुल्लाहका संरचनामा लक्षित आक्रमण गरिएको उल्लेख गरिएको छ । सेनाले दक्षिणी लेबनानको अल–कत्रानी क्षेत्रमा रहेका हिज्बुल्लाहका विभिन्न रकेट प्रक्षेपण स्थलहरूमा पनि हमला गरिएको जनाएको छ ।
इजरायलका अनुसार ती स्थानहरूबाट इजरायलतर्फ आक्रमणको तयारी भइरहेकाले कारबाही गरिएको हो । यसैबिच, अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेयता लेबनानमा इजरायली आक्रमणका कारण कम्तीमा ८२६ जनाको मृत्यु भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण