तुलसी घिमिरेको ‘पहाड’को टिजर सार्वजनिक
काठमाडौँ । तुलसी घिमिरे निर्देशित बहुप्रतीक्षित फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनबाट सार्वजनिक प्रदर्शनको तयारीमा छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको टिजर सार्वजनिक गरिएको छ । टिजरमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्या चित्रण गरिएको छ । टिजरमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायत कलाकार देखिएका छन् ।
फिल्मले हाम्रै समाजको कथा भनेको निर्देशक घिमिरेले बताए । ‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाइ सरेका छन्,’ घिमिरेले भने, ‘यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ, यसलाई समग्र नेपालकै कथा भन्दा हुन्छ ।’
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रूपमा दर्शकसामु ल्याएका छन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन् ।
फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता छन् । फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।
फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण