भक्तपुरको गुण्डुमा खिचियो ‘हामी तीन भाइ’ को गीत ‘झम्के फुली’
सारांश
- चलचित्र 'हामी तीन भाइ' को 'झम्के फुली...' बोलको गीतको छायाङ्कन भक्तपुरमा गरिएको छ।
- गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द सुवलमणि सापकोटाको रहेको छ।
- प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म चैत्र १३ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुनेछ।
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’ को ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली...’ बोल रहेको गीतको छायाङ्कन गरिएको छ । फिल्मको गीत शनिबार भक्तपुरको गुण्डु आसपासका स्थानमा खिचिएको हो ।
गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतकाे शब्द सुवलमणि सापकोटाले लेखेका हुन् भने सङ्गीत पनि साप शक्तिले नै दिएका छन् । गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन् । ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा तयार गरिएको छ ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन् । कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई मुख्य भूमिकामा छन् । उनीहरूले गाउँका मिल्ने तीन साथीको चरित्र निभाएका छन् ।
फिल्ममा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । फिल्म चैत्र १३ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण