राजनीतिक नियुक्ति खारेजी र कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनको घोषणा
सारांश
- जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
- अलायन्सले सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्ने भएको छ।
- आफ्ना माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी अलायन्सले दिएको छ।
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । आइतबार एक प्रेस नोट जारी गर्दै अलायन्सले भोलि सोमबार काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्ने जानकारी दिएको हो ।
आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अलायन्सले भोलि बिहान ११ बजेदेखि १ बजेसम्म हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने तय गरेको छ ।
अलायन्सले गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ । साथै, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने माग समेत अघि सारेको छ ।
सरकारको कदमप्रति आपत्ति जनाउँदै अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हामीसँग गरेको सहमतिको बर्खिलाफ गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना आसेपासेलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ । राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्ति दोहोरिनु जनता र जेनजी जनआन्दोलनमाथिको कुठाराघात हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण