सूर्यविनायक–धुलिखेल सडकको नयाँ स्वरूप : साँगामा यसरी बन्दैछ अन्डरपास
सारांश
- सूर्यविनायक-धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार हुँदैछ, भक्तपुर र काभ्रेको सीमानामा अन्डरपास निर्माण हुँदैछ।
- अन्डरपासको कुल लम्बाइ १,११० मिटर रहनेछ भने यसले ठूला सवारी साधनलाई सहजै आवतजावत गर्न सघाउनेछ।
- अन्डरपास निर्माण सम्पन्न भएपछि काठमाडौंबाट पूर्वी नेपाल जोड्ने यातायात छिटो हुनेछ र जाम कम हुनेछ।
काठमाडौँ । सूर्यविनायक–धुलिखेल सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने कार्यले अहिले तीव्रता पाइरहेको छ। विगत तीन वर्षदेखि स्तरोन्नतिको चरणमा रहेको यो सडक खण्ड अन्तर्गत भक्तपुर र काभ्रेको सीमाना साँगामा अत्याधुनिक अन्डरपास निर्माण भइरहेको छ।
_dqyUYUMGwY.jpg)
हाल दुई लेनमा मात्र खुम्चिएको यो सडक खण्डमा ट्राफिक जामको समस्या समाधान गर्न अन्डरपासलाई मुख्य कडीको रूपमा लिइएको छ। आयोजनाले दिएको जानकारी अनुसार यो अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहनेछ।
_lhf6wWIh5e.jpg)
निर्माण कार्यलाई सहज बनाउन र सडकको दुवैतर्फको पहुँच जोड्नका लागि बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटरको एप्रोच सडक निर्माण गरिँदैछ। यो अन्डरपासको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर तय गरिएको छ, जसले ठुला सवारी साधनलाई पनि सहजै आवतजावत गर्न सघाउनेछ।
_OGTb7QXnEk.jpg)
निर्माण कार्यको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसै अन्डरपासभित्र २० मिटर लामो पुल समेत बनाइनेछ, जसले इन्जिनियरिङको हिसाबले यसलाई थप मजबुत र सुरक्षित बनाउने देखिन्छ।
_1NL94QgjbC.jpg)
यस सडक खण्डको निर्माण सम्पन्न भएपछि काठमाडौंबाट पूर्वी नेपाल जोड्ने यातायात सेवा थप छिटो र छरितो हुने अपेक्षा गरिएको छ। अहिले साँगाको उकालोमा हुने सवारी जाम र सडक दुर्घटनाको जोखिमलाई यो अन्डरपासले निकै कम गर्ने विश्वास आयोजनाको छ।
_8rY8STkkac.jpg)
_4FDODqUGbQ.jpg)
_DrWee4xWRd.jpg)
_ur2ldHQLGB.jpg)
_rOLGmdnjEC.jpg)
_jOdEAb21YE.jpg)
_Io8VMkoQIJ.jpg)
_dFNnq4GkN0.jpg)
तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण