रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै
सारांश
- रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दाको अभियोग पत्र फिर्ताको सुनुवाइ सोमबार हुँदैछ।
- सर्वोच्च अदालतमा न्यायाधीशद्वयको इजलासमा सुनुवाइ हुनेछ भने महान्यायाधिवक्ताको निर्देशनमा मुद्दा फिर्ता लिने तयारी छ।
- वरिष्ठ अधिवक्ता र कानुनका विद्यार्थीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर गरेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखेर आज (सोमबार) सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
पछि सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण