पाकिस्तानका पूर्वकप्तान सर्फराजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
सारांश
- पाकिस्तानका पूर्व कप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
- उनले सन् २०१७ मा पाकिस्तानलाई च्याम्पियन्स ट्रफी र २००६ मा यु-१९ विश्वकप जिताएका थिए।
- सरफराजले ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
काठमाडौँ । पाकिस्तानका पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान सर्फराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आफ्नो कप्तानीमा पाकिस्तानलाई सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २००६ को यु–१९ विश्वकप जिताएका सरफराजले सन् २००७ देखि २०२३ सम्म पाकिस्तानको प्रतिनिधित्व गरेका थिए ।
उनी इमरान खानपछि पाकिस्तानलाई ५० ओभरको आईसीसी उपाधि जिताउने पहिलो कप्तान हुन् । संन्यास घोषणा गर्दै उनले भने, ‘पाकिस्तानको प्रतिनिधित्व गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठुलो सम्मान हो । यु–१९ टोलीलाई विश्वकप जिताउँदादेखि च्याम्पियन्स ट्रफी उचाल्दा सम्मका हरेक पल मेरा लागि विशेष छन् । म मेरा सहकर्मी, प्रशिक्षक, परिवार र समर्थक सबैप्रति आभारी छु ।’
उनले थपे, ‘सबै फर्म्याटमा पाकिस्तानको कप्तानी गर्नु मेरो सपना थियो । बाबर आजम, शाहिन अफ्रिदी र हसन अली जस्ता खेलाडीहरू मेरो कप्तानीमा उत्कृष्ट खेलाडीको रूपमा स्थापित भएको देख्दा गर्व लाग्छ ।’
आफ्नो लामो करियरमा सरफराजले पाकिस्तानका लागि ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेले । उनले टेस्टमा ४ शतकसहित ३ हजार ३१ रन, एकदिवसीयमा २ शतकसहित २ हजार ३१५ रन र टी–ट्वान्टीमा ८१८ रन बनाए । विकेटकिपरको रूपमा उनले तीनवटै फर्म्याटमा गरी कुल ३१५ क्याच र ५६ स्टम्पिङ गरे ।
उनको कप्तानीको सबैभन्दा ठुलो सफलता सन् २०१७ को च्याम्पियन्स ट्रफी जित्नु थियो, जहाँ पाकिस्तानले फाइनलमा चिर प्रतिद्वन्द्वी भारतलाई हराएको थियो । उनको टी–ट्वान्टी कप्तानीलाई पनि विशेष रूपमा सम्झिइन्छ । उनको नेतृत्वमा पाकिस्तान टी–ट्वान्टी वरीयतामा विश्व नम्बर एक बनेको थियो र लगातार ११ वटा टी–ट्वान्टी शृङ्खला जितेर विश्व कीर्तिमान बनाएको थियो । उनले पाकिस्तान सुपर लिग (पीएसएल) मा क्वेटा ग्लाडिएटर्सलाई सन् २०१९ को उपाधि पनि जिताएका थिए ।
तर खराब फर्मका कारण उनलाई सन् २०१९ मा तीनवटै फर्म्याटको कप्तानीबाट हटाइयो र टोलीबाट पनि बाहिर राखियो । पछि उनले सन् २०२२ मा न्युजिल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा सानदार पुनरागमन गर्दै एक शतक र तीन अर्धशतक बनाएका थिए ।
उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२३ डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए । हाल उनी पाकिस्तानको राष्ट्रिय छनोट समितिमा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण