इरानको खोमिन सहरस्थित विद्यालयमा आक्रमण
सोमबार, ०२ चैत २०८२, १३ : ४९
सारांश
- अमेरिका र इजरायलले इरानको खोमिन सहरमा बिहानै आक्रमण गरेका छन्।
- फार्स न्युज एजेन्सीले स्कुलमा भएको हमलाको फोटो सार्वजनिक गर्दै ठूलो क्षति भएको जनाएको छ।
- उप-राज्यपालका अनुसार विद्यालयमा आक्रमण भए तापनि कोही घाइते भएनन्, तर घरमा क्षति पुगेको छ।
तेहरान । अमेरिका र इजरायलले इरानको खोमिन सहरमा बिहानै आक्रमण गरेका छन् । फार्स न्युज एजेन्सीले खोमिनमा एक स्कुलमाथि भएको हमला देखाउँदै फोटोसहित ठुलो क्षति भएको जानकारी दिएको छ ।
मेह्र न्युज एजेन्सीले पनि मार्काजी प्रान्तका उप–राज्यपाललाई उद्धृत गर्दै विद्यालयमाथि आक्रमण भए तापनि कुनै पनि व्यक्ति घाइते नभएको समाचार छापेको छ । तर आक्रमणको क्रममा विद्यालय वरिपरि रहेका केही घरहरूमा क्षति पुगेको जनाइएको छ ।
इरानी रेड क्रेसेन्ट सोसाइटीले टेलिग्राममा सोही फोटोहरू साझा गर्दै ‘खोमिनमा विद्यालयमाथि हवाई हमला’ भन्ने शीर्षकसहित समाचार पोस्ट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण