आयतुल्ला खामेनी चढ्ने विमान पनि ध्वस्त गरेको इजरायलको दाबी
सोमबार, ०२ चैत २०८२, १६ : ०५
तेल अभिभ । इजरायलले तेहरानस्थित मेहराबाद विमानस्थलमा रहेको एउटा विमान नष्ट गरेको दाबी गरेको छ ।
यो विमान इरानका हालै मारिएका सर्वाेच्च नेता आयतुल्ला अली खामेनीले प्रयोग गर्ने गरेको बताइएको छ । गएराति गरिएको कारबाहीमा उक्त विमान ध्वस्त पारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार उक्त विमान अन्य उच्च इरानी अधिकारी र सैन्य अधिकारीहरूले पनि हतियार खरिदसम्बन्धी गतिविधि तथा सहयोगी देशहरूसँग समन्वय गर्न प्रयोग गर्ने गरेका थिए ।
इजरायली सैन्य स्रोतका अनुसार इरानमाथिको आक्रमणमा सेनाको मुख्य लक्ष्य मिसाइल प्रक्षेपण प्रणालीहरू हुन् । इजरायली रिपोर्टका अनुसार हालसम्म इरानका करिब ७० प्रतिशत मिसाइल प्रक्षेपण केन्द्रहरू नष्ट गरिएको वा प्रयोग गर्न नसकिने अवस्थामा पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण