मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कोलकातालाई झट्का : चोटका कारण हर्षित रानाले आईपीएलको अधिकांश खेल गुमाउने

मङ्गलबार, ०३ चैत २०८२, १० : ४६
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • हर्षित राना घुँडाको चोटका कारण आईपीएल २०२६ को अधिकांश खेल गुमाउने भएका छन्।
  • दक्षिण अफ्रिकाविरुद्धको टी-२० विश्वकपको वार्म-अप खेलमा चोट लागेपछि उनको पुनरागमन अनिश्चित बनेको छ।
  • केकेआरले मुस्ताफिजुर रहमानलाई रिलिज गरेर ब्लेसिङ मुजारबानीलाई टिममा लिएको छ।

कोलकाता । कोलकाता नाइट राइडर्स (केकेआर) का तीव्र गतिका बलर हर्षित रानाले चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अधिकांश खेल गुमाउने भएका छन्। गत फेब्रुअरीमा घुँडाको शल्यक्रिया गराएका राना अहिले स्वास्थ्य लाभ गरिरहेका छन्।

दक्षिण अफ्रिकाविरुद्धको टी-२० विश्वकपको वार्म-अप खेलका क्रममा उनलाई चोट लागेको थियो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मेडिकल टिमले उनको पुनरागमनको कुनै निश्चित मिति तय नगरेकाले उनले पूरै सिजन गुमाउन सक्ने सम्भावना बढेको छ।

गत आइतबार मात्र बीसीसीआई अवार्डमा बेस्ट इन्टरनेशनल डेब्युटेन्टको उपाधि जितेका रानाका लागि यो लगातार दोस्रो ठुलो झट्का हो। यसअघि उनले भारतले जितेको टी-२० विश्वकप पनि चोटकै कारण गुमाएका थिए।

विश्वकपको वार्म-अप खेलमा केवल एक ओभर बलिङ गरेलगत्तै उनको दाहिने घुँडाको लिगामेन्टमा समस्या देखिएको थियो। केकेआरका लागि रानाको अनुपस्थिति बलिङ आक्रमणमा ठूलो क्षति मानिएको छ।

यस सिजन केकेआरको टोलीमा अन्य महत्त्वपूर्ण परिवर्तनहरू पनि देखिएका छन्। भारत र बंगलादेशबिचको चिसिएको भू-राजनीतिक सम्बन्धका कारण बीसीसीआईको निर्देशनपछि देब्रे हाते तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीले फुकुवा गरेको छ। उनको स्थानमा जिम्बाब्वेका तीव्र गतिका बलर ब्लेसिङ मुजारबानीलाई अनुबन्ध गरिएको छ। मुजारबानीले आईपीएलका लागि पाकिस्तान सुपर लिग (पीएसएल) को सम्झौता समेत त्यागेका छन्।

केकेआरको बलिङ टोलीमा अहिले मथिसा पाथिराना, वैभव अरोरा, आकाश दीप, उमरान मलिक, कार्तिक त्यागी र अलराउन्डर क्यामरुन ग्रीन जस्ता विकल्पहरू उपलब्ध छन्। पाथिराना पनि काल्फ स्ट्रेनका कारण विश्वकपबाट बाहिरिएका थिए, तर उनी आईपीएलका लागि फिट हुने अपेक्षा गरिएको छ।

केकेआरले आफ्नो पहिलो खेल मार्च २९ मा मुम्बई इन्डियन्सविरुद्ध वानखेडे स्टेडियममा खेल्दैछ। त्यसपछिका खेलहरूमा कोलकाताले सनराइजर्स हैदराबाद, पन्जाब किंग्स र लखनउ सुपर जायन्ट्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप