अध्यक्ष ओलीलाई समवेदना प्रकट गर्न गुन्डु पुगे राष्ट्रपति
मङ्गलबार, ०३ चैत २०८२, १३ : २९
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गरे।
- राष्ट्रपति पौडेलले दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरे।
- पौडेलले ओली परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन्। ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेका हुन्।

राष्ट्रपति पौडेलले मंगलबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न अध्यक्ष ओली र उनको परिवारलाई आग्रह समेत गरेका छन्।
मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण