जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मंगलबार पनि प्रदर्शन
मङ्गलबार, ०३ चैत २०८२, १४ : २१
सारांश
- युवाहरूले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्।
- उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन र अन्य आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
- युवाहरूले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने र प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल, रायमाझी र मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् । नेपालमा छानविन आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने देखिएकाले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने हो की भन्ने आशङ्का व्यक्त गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर भदौ २३ र २४ को घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने युवाहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण