रेशम चौधरी र सीके राउतको राजनीतिक उदय र अस्तबाट हर्कले सिक्लान् पाठ ?
सारांश
- धरानका पूर्व मेयर हर्कराज राई (साम्पाङ) ले श्रम संस्कृति पार्टी गठन गरी पहिलो निर्वाचनमै सफलता हासिल गरे।
- हर्क साम्पाङको पार्टीले प्रतिनिधि सभामा सात सिट जितेको छ, जसमध्ये तीन प्रत्यक्ष र चार समानुपातिक छन्।
- रेशम चौधरी र डा. सीके राउतको पार्टीको उदय र पतनबाट पाठ सिक्दै साम्पाङको पार्टी कति टिक्छ भन्ने चासो बढेको छ।
काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरेका हर्कराज राई (साम्पाङ) पहिलो निर्वाचनमै सफल देखिए । प्रतिनिधि सभामा उनको पार्टीबाट सात सांसद चयन भएका छन् ।
तीन प्रत्यक्ष र चार समानुपातिक गरी सात सिट ल्याएका साम्पाङले मधेसबाट २५ वर्षीय रुबी ठाकुरलाई समानुपातिक सांसदमा चर्चा चुलिएको छ । आदिवासी जनजाति पृष्ठभूमि भएर पनि मधेसलाई समेत उचित स्थान दिएको भन्दै साम्पाङको प्रशंसा भइरहेको छ ।
हर्क साम्पाङको सफलता नेपालको राजनीतिक इतिहासमा नौलो भने होइन । उनले जस्तै पहिलो पाइलामै सफलता पाउने नेता रेशम चौधरी र डा. सीके राउत पनि हुन्, जो हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी थलिनु परेको छ ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले एउटा संसदीय चुनावमा लोभलाग्दो सफलता पाए पनि अर्को चुनावमा नराम्रो पराजय झेल्नु प¥यो । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ती दुई दलको उदय र अस्तबाट पाठ सिक्ला कि नसिक्ला भन्नेबारे चासो बढ्नु स्वाभाविक हो ।
हर्क साम्पाङको शैली र व्यवहार पनि रेशम चौधरी र डा. सीके राउतसँग मिल्दोजुल्दो देखिन्छ । जिद्दी र अनुशासनमा कडा रहेका हर्कको हालत पनि रेशम चौधरी र राउतकै जस्तै हुने हो कि भन्ने प्रश्न आफैँमा अनुचित होइन ।
श्रम संस्कृति पार्टीका नेताहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग आफ्नो पार्टीको तुलना नै गर्न नमिल्ने तर्क गर्छन् । रेशम र सीके राउतका पार्टी सत्ता स्वार्थमा केन्द्रित भएर आफ्नो जात, परिवारवादलाई स्थान दिएका कारण टिक्न नसकेको श्रम संस्कृति पार्टीका नेताहरूको टिप्पणी छ । आफूहरूको पार्टी निःस्वार्थ भावनाले श्रम र विकासका लागि राजनीतिमा लागेको कारण दीर्घकालीन रूपमा टिकाउ हुने उनीहरूको दाबी छ ।
पार्टीमा ठुलो आन्तरिक विवाद सुरु नभए पनि अध्यक्ष साम्पाङ कडा स्वभावका छन् । धरान उमहानगरपालिकामा चुनाव जितेदेखि नै उनी विवादमा तानिँदै आएका छन् ।
जेनजी आन्दोलनपछि बालेनको विरुद्धमा लगातार सामाजिक सञ्जालमा लेखेको कारण पनि उनको आलोचना भइरहेको छ । यसले गर्दा उनको पार्टी पनि लामो यात्रा गर्न सक्दैन कि भन्ने आशंका भइरहेका छन् । तर श्रम संस्कृति पार्टीका सहमहामन्त्री समिर तामाङले कामबाट फुर्सद भएको पार्टीमा मात्र यस खालका विवाद हुने गरेको बताए । आफूहरूले विकास र श्रममा विश्वास गरेका हुनाले कुनै प्रकारको विवाद नहुने उनको दाबी छ ।
तामाङले भने, ‘हाम्रो पार्टी श्रम र विकास गर्दैै गर्दा बनेको पार्टी हो । हाम्रो पार्टीमा कुनै विवाद छैन र हामी जति छौँ, त्यति एक साथ अगाडि बढिरहेका छौँ ।’
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले २०७९ को चुनावमा प्रत्यक्षमा चार सिट जितेको थियो । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेको थियो । तर २०७९ देखि २०८२ सम्म आउँदा दुवै पार्टी शून्यमा झरे ।
संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच विवाद हुँदा नागरिक उन्मुक्ति पार्टीमा नै विभाजन भयो । चौधरी र श्रेष्ठ पति–पत्नी हुन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण ग¥यो भने रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले यो चुनावमा जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्य गरेको थियो ।
जनमत पार्टी पनि आन्तरिक विवादमा फसेपछि थुपै्र नेताले पार्टी छाडेका थिए । पछिल्लो समय जनमत पार्टीका अध्यक्ष राउत र उनकी श्रीमतीबिचको विवाद पनि बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण