भगवती क्लबद्वारा मनाङ मर्स्याङ्दी क्लब पराजित
मङ्गलबार, ०३ चैत २०८२, १८ : १५
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री भगवतीले मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गरेको हो । भगवती क्लबको जितमा एक मात्र निर्णायक गोल सीमान्त थापाले खेलको ६३ औँ मिनेटमा गरेका थिए।
जितसँगै १२ खेल खेलको श्री भगवतीको १२ अङ्क भएको छ भने समान खेल खेलेको मनाङको १३ अङ्क रहेको छ। त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नव जनजागृति युवा क्लबले काँक्रेविहार युवा क्लबलाई पराजित गर्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा नव जनजागृतिले काँक्रेबिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै ११ खेल खेलेको नव जनजागृतिको ४ अङ्क भएको छ भने काँक्रेविहार १ अङ्कका साथ तालिकाका पुछारमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण