मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

एन्फाविरुद्ध ‘ए’ डिभिजन क्लबहरूको अनसन तेस्रो दिन पनि जारी

बुधबार, ०४ चैत २०८२, १० : २३
बुधबार, ०४ चैत २०८२

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढङ्गले निर्णय गरेको भन्दै क्लबहरूले सुरु गरेको अनसन बुधबार पनि जारी छ ।

गत सोमबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै अनसन सुरु गरेका थिए । 

क्लबहरूले एन्फाको कार्यशैलीका कारण नेपाली फुटबल दिनप्रतिदिन खस्कँदै गएको र एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन् । एन्फा र ‘ए’ डिभिजन क्लबहरूबिच २०८२ साल कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको पहिलो माग छ ।

जारी संयुक्त विज्ञप्तिमा लिग चलिरहेको अवस्थामा खेलाडी स्थानान्तरण (ट्रान्सफर विन्डो) नखोली कसरी खेलाडी अनुबन्धन गर्न सकिन्छ भनी प्रश्न गरिएको छ । 

साथै, विदेशी खेलाडीहरूलाई ‘वर्क परमिट’ लिन प्रक्रियागत झन्झट रहेको भन्दै त्यसलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू गर्न पनि क्लबहरूले माग गरेका छन् ।

प्रतियोगिता नियमावलीअनुसार लिगमा १४ क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने लगायतका मागहरू पनि अघि सारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप