बिहारमा छापा मार्दा नेपालसँगको ‘कनेक्सन’ खुल्यो
सारांश
- विद्युत कार्यालयका कर्मचारीले १७ वर्षमा १०० करोडभन्दा बढीको सम्पत्ति कमाएको आरोप लागेको छ।
- भारतको बिहारमा छापा मार्दा नेपालको सुनसरीमा घर बनाएको र दार्जिलिङमा चिया बगान सञ्चालन गरेको खुलासा भयो।
- अनुसन्धानमा बिहार, बंगाल र नेपालमा समेत सम्पत्ति फेला परेको छ, थप विवरण आउन बाँकी छ।
काठमाडौँ । विद्युत कार्यालयमा १७ वर्ष काम गरेको एक कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको मामिलामा भारतको बिहारमा छापा मार्दा नेपालसँगको ‘कनेक्सन’ समेत खुलासा भएको छ ।
बिहार राज्यको मधुवनी जिल्लाको जयनगरस्थित विद्युत् कार्यालयका ‘एक्ज्युकेटिभ इन्जिनियर’ मनोज कुमार रजकले १७ वर्षको सेवा अवधिमा १०० करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको भन्दै छानबिन भएको हो ।
मंगलबार उनको स्वामित्वमा रहेका विभिन्न सात स्थानमा आर्थिक अपराध इकाई (ईओयू)ले छापा मारेको थियो । यस क्रममा उनी र उनको परिवारको नाममा विभिन्न १७ ठाउँमा जग्गा रहेको तथ्य प्रकाशमा आएको छ ।
मनोजले दार्जिलिङमा साझेदारीमा चिया बगान सञ्चालन गरेको, नेपालको सुनसरी जिल्लामा एक महिला मित्रका लागि घर निर्माण गराएको, उक्त घर निर्माणमा आफ्नो पैतृक गाउँबाटै मजदुर पठाएको जस्ता रहस्य खुलासा भएको ईओयू स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारका विभिन्न जिल्लाका अतिरिक्त बंगाल र नेपालमा समेत मनोजको सम्पत्ति पाइएको बताइएको छ । छापा मार्दा फेला परेका विभिन्न दस्तावेजका आधारमा थप अनुसन्धान भइरहेको र सम्पूर्ण विवरण प्राप्त हुन समय लाग्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण