मोसादका लागि जासुसी गरेको भन्दै इरानमा एक व्यक्तिलाई फाँसी
तेहरान । इरानले इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । अर्ध–सरकारी समाचार संस्था तस्मिन न्युज एजेन्सीका अनुसार उक्त सजाय बुधबार बिहान कार्यान्वयन गरिएको हो ।
समाचारअनुसार ती व्यक्तिले देशका संवेदनशील क्षेत्रहरूको तस्बिर र जानकारी मोसादका अधिकारीहरूलाई उपलब्ध गराएको आरोप लागेको थियो । इरानको सर्वाेच्च अदालतबाट अनुमोदन भएपछि फाँसी कार्यान्वयन गरिएको बताइएको छ । समाचार एजेन्सीका अनुसार ती व्यक्ति स्विडेनमा रहँदा अनलाइनमार्फत मोसादको जासुसमा भर्ती भएका थिए ।
यात्रासम्बन्धी विज्ञापन समूहमा आफ्ना विवरण राखेपछि एक फारसी भाषा बोल्ने मोसाद अधिकारीले उनीसँग सम्पर्क स्थापना गरेको दाबी गरिएको छ । उनलाई गत जुन महिनामा इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले साभोजबोलाघ क्षेत्रमा पक्राउ परेका थिए ।
पक्राउ पर्दा उनीसँग उन्नत जासुसी उपकरण, गुप्त सूचना संकलन सामग्री तथा स्याटेलाइट सञ्चार प्रणाली भेटिएको जनाइएको छ । यो घटना इरान र इजरायलबिच बढ्दो तनावका बिच सार्वजनिक भएको हो । दुवै देशबिचको द्वन्द्वले हाल सैन्य तथा गुप्तचर गतिविधिहरूलाई झन् तीव्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण