सुदन गुरुङ भन्छन्, ‘सस्तो आलोचनाले मेरो संकल्प डगमगाउँदैन’
सारांश
- नवनिर्वाचित सांसद सुदन गुरुङले आफ्नो पारिश्रमिक जेनजी आन्दोलनका घाइतेहरूको उपचारमा खर्च गर्ने बताए।
- उनले आफ्नो निर्णयलाई 'पपुलिस्ट' नभएको भन्दै आलोचना गर्नेहरूलाई जवाफ दिएका छन्।
- गुरुङले विगतमा पनि समाज सेवा गरेको र आगामी दिनमा जनताको पक्षमा उभिने प्रतिबद्धता जनाए।
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुदन गुरुङले आफ्नो सरकारी पारिश्रमिक जेनजी आन्दोलनका घाइतेहरूको उपचार र सहयोगमा खर्च गर्ने बताएका छन्। बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो यो निर्णय कुनै ‘पपुलिस्ट’ नभएको बताएका छन् ।
कतिपयले यस घोषणाको आलोचना गरेको भन्दै गुरुङले भनेका छन्, ‘मेरो घाइते भाइबहिनीहरूको घाउमा मलम लगाउन आफ्नो पारिश्रमिक खर्च गर्छु भन्दा केही साथीहरूलाई निकै छटपटी भएछ। सायद उहाँहरूमा निस्वार्थ सेवा गर्ने संस्कारको कमी भएर होला, त्यसैले अरूले गर्दा विश्वास नलाग्नु पनि स्वाभाविकै हो।’
विगत १० वर्षदेखि राज्यको कुनै पनि सुविधा नलिई आफ्नै व्यवसाय र पौरखबाट समाज सेवा गर्दै आएको स्मरण गराउँदै गुरुङले आफू सधैँ जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्। ‘अभावमा रहेकालाई काँध थाप्ने संस्कारमा हुर्किएको हुनाले यो मेरो नितान्त व्यक्तिगत इच्छा र विवेकपूर्ण निर्णय हो,’ उनले भनेका छन्, ‘जुन मैले बोलेर मात्र होइन, व्यवहारमै पूरा गरेर देखाउँदै आएको छु।’
उनले आफू हिजो पनि जनताकै साथमा रहेको र भोलिका दिनमा पनि यही बाटोमा अविचलित रहने स्पष्ट पारेका छन्। आफ्नो कर्मको मूल्यांकन समयले गर्ने उल्लेख गर्दै उनले सस्तो आलोचनाले आफूलाई विचलित नबनाउने बताएका छन्।
उनले आफ्नो स्टाटसमा अगाडि लेखेका छन्, ‘मेरो कर्मको कदर समयले गर्ला, तर सस्तो आलोचनाले मेरो संकल्प कदापि डगमगाउँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण