‘शपथ हुने छाँटकाँट छैन, अनि के गरेर बस्ने त नि मेयर साहब ?’
सारांश
- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पुस्तक बेच्न फेरि सडकमा निस्किने भएका छन्।
- मेयर धनराज आचार्यले फुटपाथ व्यापार प्रतिबन्ध लगाउन सुझाएपछि पुनले किताब बेच्ने बताए।
- पुनले आफ्नो आत्मकथा बिक्रीबाट आएको रकम वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा खर्च गर्ने बताए।
पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुन फेरि पुस्तक बेच्न सडकमा निस्किने भएका छन् । केही दिनअघि पोखराका सडकमा फुटपाथ व्यापार प्रतिबन्ध लगाइएको प्रसङ्ग निकालेर मेयर धनराज आचार्यले त्यसो नगर्न सुझाएका थिए । जवाफ स्वरूप पुनले आफ्नो अहिले काम नभएकोले किताब नै बेच्ने दैनिकीमा फर्किन लागेको बताए ।
आफ्नो आत्मकथा बिक्री गर्दै देश दौडाहा गरिरहेका पुनलाई सडकमा बसेर किताब नबेच्न र यो कानुन विपरीत भएको भन्दै धेरैले सुझाएका थिए । पुनले फेसबुकमा स्टाटस लेख्दै नदीपुरमा किताब बेच्न लागेको जानकारी गराए । ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिर देखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु,’ उनले भने ।
निर्वाचित भएपछि केही दिन किताब बेचेका उनले पछिल्लो समय म्याग्दीका ६ वटै स्थानीय तहमा पुगेर जनप्रतिनिधि र स्थानीयसँग विकास र बजेटबारे छलफल सकेर फर्किएका छन् । अझै शपथ नहुने देखेपछि किताब बेच्न निस्किएको उनले सुनाए । ‘अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला,’ पुनले अघि भने । पुनले आफ्नो आत्मकथा बिक्रीबाट आएको रकम वीरगन्जमा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि खर्च गरिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण