इरान युद्धले महँगी बढाउने चिन्ताबिच अमेरिकामा ब्याजदर यथावत्
वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । इरान युद्धका कारण विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र मुद्रास्फीतिको जोखिमका कारण बैंकले यस्ते निर्णय गरेको विश्लेषण गरिएको छ । अमेरिका र इजरायलले मिलेर इरानमा सुरु गरेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि महँगी बढ्ने चिन्ताले नीति निर्माताहरूलाई सावधानी अपनाउन बाध्य भएका छन् ।
फेडले आफ्नो मुख्य ब्याजदर ३ दशमलव ५ प्रतिशतदेखि ३ दशमलव ७५ प्रतिशतको दायरामै कायम राखेको छ । डिसेम्बरमा पनि बैंकले यो दर यथावत् राखेको थियो । पश्चिम एशियामा जारी अस्थिरताका बीचमा बैंकको यो निर्णय अपेक्षित थियो । रोजगारी बजारबाट मिश्रित संकेत आएको र मूल्यवृद्धिको दबाब कायम रहेकोले फेडलाई तत्काल ब्याजदर घटाउने निर्णयबाट टाढा राखेको विश्लेषकहरूको भनाइ छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेड अध्यक्षलाई ब्याजदर घटाउन दबाब दिएका थिए । तर नीति निर्माताहरूले त्यस्तो दबाबलाई बेवास्ता गर्दै दीर्घकालीन आर्थिक स्थिरतालाई प्राथमिकतामा राखेका छन् । विशेषगरी युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा पर्ने भएकाले फेडले जोखिम मूल्याङ्कन गर्दै निर्णय लिएको हो ।
फेडको पछिल्लो पूर्वानुमानले भने अझै पनि यो वर्षभित्र कम्तीमा एकपटक ब्याजदर घट्ने सम्भावना देखाएको छ । बोर्डका केही सदस्यहरूले त ब्याजदर ३ प्रतिशतभन्दा तल झर्न सक्ने आकलन गरेका छन् । यद्यपि यस्तो निर्णय पूर्ण रूपमा मुद्रास्फीतिको गतिमा निर्भर रहने स्पष्ट पारिएको छ । फेडका अध्यक्ष जेरोम पावेलले इरानसँगको युद्धले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अझै अनिश्चितता रहेको बताएका छन् । उनले भने, “यसको असर के हुन्छ भन्ने हामीलाई अझै थाहा छैन, वास्तवमा कसैलाई पनि थाहा छैन,”
विश्लेषकहरूका अनुसार युद्धका कारण इन्धन बजारमा आएको अस्थिरताले मुद्रास्फीति नियन्त्रणको प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ । त्यसैले फेडले आगामी निर्णयहरूमा अझ बढी सतर्कता अपनाउने संकेत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण