सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सगरमाथा म्युजिक अवार्डको मनोनयन सार्वजनिक

बिहीबार, ०५ चैत २०८२, १० : ४०
बिहीबार, ०५ चैत २०८२

काठमाडौँ । गायिका समीक्षा अधिकारी, बेनिसा पौडेल, रिता केसी, प्रशान्त सिवाकोटी, सुजाता केसीबिच सर्वोत्कृष्ट गायक गायिकाको प्रतिस्पर्धा हुने भएको छ । ‘सातौँ सगरमाथा म्युजिक अवार्ड २०८२’ मा यी गायिका उत्कृष्ट चलचित्र गायिकाको टप पाँचमा पर्न सफल भएका हुन् । अवार्ड यी मध्यबाट एकले सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गर्नेछन् । 

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डको २४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस अवार्डमा चलचित्र, पप– आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरूले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । 

सातौँ सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।  नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने अवार्डका निर्णायकमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ संयोजक, कलाकार सनम कठायत, साहित्यकार प्रकाश श्रेष्ठ (मालिका केशरी) र चलचित्रकर्मी देवेन्द्र बजगाई र आयोजक समिति रहेका छन् ।

अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ । अवार्डको फाइनल चैत्र २५ गते बुधबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा ३ बजे हुनेछ ।

१. सर्वोत्कृष्ट चलचित्र गायन

१. समीक्षा अधिकारी – बुझिनँ मैले (बोक्सीको घर)

२. बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)

३. रिता केसी – रिमै (रिमै)

४. प्रशान्त सिवाकोटी – काँधेकुरी (पूर्ण बहादुरको सारंगी)

५. सुजाता केसी– छ भने माया (रंगी)

२. सर्वोत्कृष्ट चलचित्र गीतकार 

१. ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी) 

२. यादव लम्साल – कसमको बत्तिको (ज्वाई साब)

३. नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)

४. राम अविरल बिष्ट – बिञ्जुरी (घर ज्वाई)

५. हर्क साउद – मखमली चोली  (उनको स्वीटर)

३. सर्वोत्कृष्ट चलचित्र संगीतकार

१. जयन जे वाइवा – छड्के सलाम (बेहुली फ्रम मेघौली)

२. एस.डी योगी – रुकुम मैकोट (खुस्मा)

३. आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)

४. अर्जुन पोखरेल – यो मनले (१२ गाउँ) 

५. करण राज कार्की – दर्शन गरे (पुजार सार्की)

 

४. सर्वोत्कृष्ट पप/ आधुनिक गायक

१. नारायण थापा –  औधी मन पराएँ

२. सिडी विजय अधिकारी– सोल्टीनी

३. उमेश मुस्कान – तिम्रै माया लाग्छ

४. पवन रानाभाट – सम्झिन्छु तिमीलाई पनि

५. रुद्र शेखर शर्मा – के छ ओई सान्नानी

५. सर्वोत्कृष्ट पप/ आधुनिक गायिका

१. सुमि पराजुली– माया गर्ने तरिका

२. रेश्मा पुन – मायाका गीत

३. निता आचार्य – ताँते गर्दै

४. मनमाया पंगेनी – एैना जस्तै हिमाल हेर्दा

५. रानु निरौला – चोली ढाकाको

६. सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार

१. डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं 

२. हेमराज तामाङ – तिमी मेरो प्राण हौं

३. रोहन पौडेल(जनक) – जेल पनि सहुँला

४. पुस्कर शाह – ताते गर्दै

५. सुमन के धिताल– सबलाई आफ्नो सोच्ने मान्छे

७. सर्वोत्कृष्ट पप/ आधुनिक संगीतकार

१. शिशिर योगी – ताते गर्दै

२. जीवन शर्मा – निर्वाध मन

३. राजेन्द्र बजगाई– पुतली

४. कमल अधिकारी – बग्ने खोलाको पानी

५. ज्ञानेन्द्र गिरी – आउ एउटा बाँचा गरौं

८. सर्वोत्कृष्ट बाद्यवादन

१. सुरेन लामा 

२. सुनिल सिंह नेपाली 

३. सन्दीप कार्की 

४. बिशाल पौडेल 

९, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला

१. पुनम श्रेष्ठ– तिमी मेरो प्राण हौं

२. प्रतिक्षा काफ्ले  – औधी मन पराए

३. सुजिना गोले – कति माया गर्छु तिमीलाई

४. पुजा ठाकुर – जानु त पर्छ एक दिन

५, सजिना लामिछाने – देखेपछि

१०, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष

१, प्रज्वलराज भट्ट  – औधी मन पराए

२, बादल घिमिरे – हारी सके

३, अंशु बर्मा –भुपु माया रिर्टन्स

४, प्रवास लामा – कति माया गर्छु तिमीलाई 

५, कुन्दन गुप्ता – दुनियाँ जल्दैछ 

११, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक

१, निरम कुमार शाही – उखुमै बनायो

२, राजु ढकाल – खोली सलल

३, सुरेश अन्जन – विहेको निम्तो

४, पुरुषोत्तम गैरे – बैनीको का परो

५, सागर आले – बुझेन मायाले प्यार गरेको

१२, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका

१, इश्वल सन्ज्याल – ईत्ति माया 

२, कला गुरुङ – घरबारे माया

३, शान्ति शाही – जोवन मलाई देउ

४, सिम्रन परियार – बैनीको का पर्‍यो

५, रितु बोहोरा – पैसा जोगाउन

 

१३, सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द

१, दीपक अधिकारी –यो जुनीमा

२, नेत्र अर्याल – जोबन मलाई देउ

३, सेर साउद –ईत्ति माया

४,कमल खनाल – तालि बजाईदेउ

५,रोशन रेग्मी–  ए बा हो मलाई

१४, सर्वोत्कृष्ट लोक तथा दोहोरी लय

१,शिव काम्छा मगर– घरबारे माया

२,रमेश परियार – उखुमै बनायो

३,सुप्रिम विश्वकर्मा – तिम्रो मिठो बोली

४,रोशन सिंह – अरे आम्मै मरे

५,मन्जीत पहाडी – चिसो चिसोमा

१५,सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला

१, आशा विश्वकर्मा – तिम्रो मिठो बोली

२, अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको

३, संचिता बोलाखे – घामपानीको छाता

४,सरिता धनकुटी – दिलको ढोका

५, आरुसी मगर– झ्याप्पै

१६, सर्वोत्कृष्ट लोक तथा दोहोरी  मोडल पुरुष

१, अभिशेख खड्का – जोबन मलाई देउ

२, सुरेश कोली – झ्याप्पै

३, विमल अधिकारी – म त सोझी गाउँकी

४, कैलाश कठायत – ईत्ती माया

५, सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ

१७ सर्वोत्कृष्ट कोरियोग्राफी

१, सन्दीप भुजेल – काँचो रानी बेल

२,राहुल शाह – किस किस

३,अनिल राई –लुकुनी

४,राजाराम सिंखडा – पश्मिनाको सल

५,लोसिना शाक्य –झिम झिमाउने आँखा

१८, सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन

१, सर्जु रञ्जित –ईत्ती माया

२, मदन बम –तिमी मेरो हौं

३, आश्मा दुलाल – मेरो बाबा

४, शिवजी परियार –बाग्लुङ गुड्यो रात्री बस

५, मिना एनपी – मनमा के छ

१९, सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल

१, गिता पन्थी – मिठा मिठा मनका कुरा

२,इशा परियार – चुना लगाएर

३,सहिस्मा खड्का –जेनतेन चलिराछ

४,एनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको

५,ग्रिष्मा पौडेल – अलविदा

२०, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल

१, रचना न्यौपाने – तालि बजाईदेउ

२, अन्जु सुनार – गलबन्दी

३,कुशुम कुँवर – म त सोझी गाउँकी

४, आशिका घिमिरे – चिसो चिसोमा

२१, सर्वोत्कृष्ट बाल प्रतिभा

१, आर्यन पाण्डे– मेरो अनुरोधमा

२, परिधि खतिवडा – घरकी फुलबारी

३, प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान

४, एलेक्स खड्का – डिर्भोस

५, इनोभ गुरुङ– रोधीघर

२२ सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार

१, रुपेश थापा– नाच नाच

२, महेश महरा –तिम्रै माया लाग्छ

३, प्रकाश खड्का – कति माया गर्छु तिमीलाई

४, उत्सव दाहाल – तिम्रो साथमा

५, दिपक गिरी – ऐना जस्तै हिमाल

२३, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

१, विकास दाहाल – तिमी मेरो प्राण हौं

२, कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस

३, अमृत चापागाई – सम्झीन्छु तिमीलाई पनि

४, मनोज कार्की–  लाहुेरे लैन केरे

५, मिन रावल – तिम्रो मनको

२४, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

१,जेरी भण्डारी– खोली सलल

२,शेर साउद – ईत्ति माया

३,किरण श्रेष्ठ – ताते गर्दै

४,प्रविण थापा– अरे आम्मै मरे

५,निरेन श्रेष्ठ –जाम कान्छि रेलैमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप