खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
सारांश
- नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल मौज्दात रहेको छ ।
- कर्णाली प्रदेशमा चामल पठाउने र मूल्य समायोजनको काम भइरहेको छ ।
- बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गरिएको थियो ।
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ ।
हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल मौज्दात रहेको छ । यसै वर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि भण्डारणमा छ ।
गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्य भइरहेको छ । कर्णाली प्रदेशका जिल्लाबाट माग भई आएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने कार्य गरिरहेको छ । यस पटक चामलको मूल्य समायोजन भएर आउँदा प्रतिक्विन्टल रु ५०० देखि ६०० सम्म मूल्य घटेर आएको खाद्य कम्पनीका प्रमुख लामिछानेले बताए।
उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकाले स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको बताउनुभयो । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु र जाजरकोटमा रहेका खाद्यका डिपोमा अहिले पर्याप्त चामल रहेकाले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परे तत्काल पठाउने गरी मौज्दात राखिएको लामिछानेको भनाइ छ ।
बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आए पनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार ६२८ मा खरिद गर्ने गरी मूल्य तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण