पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
- आज राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङ्ग र असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण