बक्स अफिसमा ‘धुरन्धर २’को सुनामी: पहिलो दिनमै १०० करोड पार गर्दै बनायो रेकर्ड
सारांश
- रणवीर सिंह र आदित्य धरको फिल्म 'धुरंधर २' ले बक्स अफिसमा ऐतिहासिक ओपनिङ गर्दै रेकर्ड बनाएको छ।
- 'धुरंधर २' ले पहिलो दिन भारतीय बक्स अफिसमा १०२.५५ करोडको व्यापार गर्यो र 'जवान', 'पठान' र 'पुष्पा २' को रेकर्ड तोड्यो।
- फिल्मले दक्षिण भारतमा पनि राम्रो पकड जमाएको छ, तमिल र तेलगु संस्करणमा राम्रो कमाई गरेको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा ऐतिहासिक ओपनिङ गर्दै रेकर्ड कायम गरेको छ। बिहीबार प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमै भारतीय सिनेमा इतिहासका धेरै ठुला रेकर्डहरू ध्वस्त पारेको छ ।
रिलिज हुनुअघि नै फिल्मलाई लिएर दर्शकमाझ ठुलो क्रेज देखिएको थियो मिडिया रिपोटका अनुसार ‘धुरन्धरः द रिभेन्ज’ ले पेड प्रिभ्यूबाट मात्रै करिब ५० करोड रुपैयाँ सङ्कलन गरेको थियो ।
‘धुरन्धर २’ ले पहिलो दिन भारतीय बक्स अफिसमा १०२.५५ करोड रुपैयाँको व्यापार गरेको छ। पेड प्रिभ्यू र पहिलो दिनको व्यापार जोड्दा चलचित्रको कुल नेट कलेक्सन १४५.५५ करोड पुगेको छ । यससँगै रणवीर सिंहको करियरकै यो सबैभन्दा ठुलो ओपनिङ फिल्म बनेको छ। यसले बलिउडका ब्लकबस्टर फिल्महरू ‘जवान’, ‘पठान’ र ‘पुष्पा २’ को ओपनिङ रेकर्डलाई समेत तोडेको छ ।
यसअघि यसको पहिलो पार्ट ‘धुरन्धर’ले पहिलो दिन २८ करोड कमाएको थियो । दोस्रो भागले आफ्नो अघिल्लो रेकर्डलाई निकै पछाडि छाडेको छ। ‘धुरन्धर २’ सँगै दक्षिण भारतीय सुपरस्टार पवन कल्याणको फिल्म ‘उस्ताद भगत सिंह’ पनि प्रदर्शनमा आएको थियो । तर, रणवीर सिंहको फिल्मको अगाडि पवन कल्याणको फिल्म धेरै पछि परेको छ । ‘उस्ताद भगत सिंह’ ले पहिलो दिन ३१.५० करोडको मात्रै व्यापार गरेको बताइन्छ ।
‘धुरन्धर २’ बलिउडको अलावा दक्षिण भारतमा पनि राम्रो पकड जमाएको छ। तमिल भर्सनले १.१६ करोड र तेलगु भर्सनले २.१२ करोड कलेक्सन गरेको छ। यद्यपि, मलयालम र कन्नड भाषामा भने व्यापार औसत देखिएको छ।
‘धुरन्धर २’ एक जासुसी थ्रिलर फिल्म हो । यसमा हम्जा उर्फ जसकीरत सिंह रांगीको खतरनाक जासुसी यात्रा र उनको उद्देश्यलाई देखाइएको छ। फिल्ममा सबैभन्दा बढी चर्चा ‘ठुला साहब’ (बड़े साहब) को पात्रलाई लिएर भइरहेको छ, जसको खुलासाले दर्शकलाई स्तब्ध बनाएको छ।
फिल्ममा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त, आर माधवन र सारा अर्जुनको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण