अनलाइनमार्फत सट्टाबाजी गराएको आरोपमा एक युवक पक्राउ
सारांश
- प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिले अनलाइन जुवा खेलाउन डिजिटल वालेट प्रयोग गरेको पाइएको छ।
- प्रहरीले उनको साथबाट नगद, मोटरसाइकल, र विभिन्न इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ।
काठमाडौँ । अनलाइन मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने मोरङ उर्लाबारी नगरपालिका–६ हाटखोलाका २६ वर्षीय मोहन लुईंटेललाई प्रहरीले पक्राउ गरेको छ ।
सोसल मिडिया एन्ड अनलाइन पेमेन्ट प्ल्याटफर्म मार्फत अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न भएका आरोपमा कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मोहनले अनलाइन मार्फत गेम रुम, गेम भल्ट, जुवा, लास भेगस लगायतका बेटिङ साइट मार्फत डिजिटल वालेट खोल्न लगाई विदेशी भुक्तानी सङ्कलन गरी अनलाइन बेटिङ खेलाउने गरेको खुल्न आएको छ ।
साथै प्रहरीले उनको साथबाट मनिटर ३ थान, सिपियु १ थान, आइप्याड १ थान, बागमती प्रदेश ०२–०६० प ०६५६ नम्बरको मोटरसाइकल र नगद ३६ हजार रुपैयाँ समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण