दक्षिण कोरियाको कारखानामा आगलागी : १४ जना बेपत्ता, २१ गम्भीर घाइते
शुक्रबार, ०६ चैत २०८२, १५ : २७
काठमाडाैँ । दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्।
स्थानीय समयअनुसार दिउँसो करिब १ बजे आगलागी भएको हो । आगो नियन्त्रण बाहिर जान थालेपछि स्थानीय सरकारले धान्न नसक्ने स्तरको आपतकालीन आदेश जारी गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार कुल करिब ४५ जना घाइते भएका छन्, जसमध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ । साथै १४ जना अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।
आगलागीको कारणबारे हालसम्म कुनै स्पष्ट जानकारी आएको छैन।
दक्षिण कोरियाली सरकारले उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक सबै जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण