प्रचण्डलाई रहबर अन्सारीले भने– भोट होइन, चरित्र जाँच्नुहोस्
सारांश
- रास्वपा सांसद रहबर अन्सारीले नेकपा अध्यक्ष प्रचण्डलाई भोट होइन, चरित्र जाँच्न सुझाव दिएका छन्।
- प्रचण्डले घण्टीमा मतदान गर्नेलाई कारबाही गर्ने चेतावनी दिएपछि अन्सारीले गोप्य मतदानको सम्मान गर्नुपर्ने बताए।
- अन्सारीले फेसबुकमार्फत नेता, व्यवसायी र चन्दा असुली गर्नेहरूलाई कारबाही गर्न सुझाव दिएका छन्।
बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सङ्घीय सांसद रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भोट नभई चरित्र जाँच्न सुझाव दिएका छन्।
नेकपाका संयोजक दाहालले घण्टीमा मतदान गर्ने केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई कारबाही गर्ने चेतावनी दिएपछि अन्सारीले गोप्य मतदान लोकतन्त्रको आत्मा भएकोले यसमा शङ्का नभई सम्मान गर्नुपर्ने बताए।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘साँच्चै सुधार गर्न चाहनुहुन्छ भने आम्दानी बिना विलासी जीवन बाच्ने नेताहरू, व्यवसायीलाई धम्की दिएर चन्दा असुल्ने सङ्गठित सदस्यहरूलाई कारबाही गर्नुस् । फाइल ठेक्का लिएर सिंहदरबार धाउने दलालहरू, सरकारी कर्मचारीसँग तेलको कुपन माग्ने मगन्तेहरू, कमिसनमा योजना बेच्ने आफ्ना प्रतिनिधिहरूलाई कडा कारबाही गर्नुस् ।’
तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको विश्वासपात्र मानिएका अन्सारी २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट पर्सा १ (क) बाट प्रदेशसभा सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण