हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध
मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दिउँसो ४ः ०० बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
यहाँस्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रको दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ ।
संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले थासाङ गाउँपालिकादेखि नेपाल–चीन कोरलानाकासम्मको ११ केभी विद्युत् प्रसारण लाइनमा हिमपात र वर्षाले प्राविधिक समस्या उत्पन्न भएको जानकारी दिए ।
कार्यालय प्रमुख थकालीले मौसममा सुधार हुनेबित्तिकै विद्युत् प्रसारण लाइनमा देखिएको समस्या आवश्यक मर्मत गरी पुनः सञ्चालन गरिने बताए । यसका लागि मौसममा सुधार हुनेबित्तिकै मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ पठाइने जानकारी दिए । हिमपात र वर्षाले विद्युत् प्रसारण लाइनमा केकति क्षति भएको भन्ने जानकारी प्राप्त नभइसकेको कार्यालय प्रमुख थकालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण