कांग्रेसको भ्रातृ सङ्गठनबाट नेविसंघ बाहिरियो
सारांश
- नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने भएको छ।
- नेविसंघको सिनेट बैठकले संगठनलाई स्वचालित बनाउने निर्णय गरेको छ।
- प्रवक्ताका अनुसार पार्टीको निर्देशनमा चल्नुपर्ने बाध्यताका कारण विद्यार्थी आन्दोलनमा प्रभावकारी हुन नसकिएको थियो।
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) अबदेखि पार्टीको भ्रातृ सङ्गठन नरहने भएको छ।
शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले सङ्गठनलाई स्वचालित बनाउने भन्दै अब उप्रान्त पार्टीको भ्रातृ सङ्गठन नरहने निर्णय गरेको हो।
पार्टीको भ्रातृ सङ्गठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रहँदा विद्यार्थी आन्दोलनका विषयमा प्रभावकारी हुन नसकिएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले बताए । नेविसंघको अधिकार सम्पन्न सिनेट बैठकबाट आफूहरू उक्त निर्णयमा पुगेका उनको भनाइ छ ।
कांग्रेसको भ्रातृ सङ्गठन नरहने भन्नुको अर्थ पार्टी र आस्था नै छाडेको भन्न नमिल्ने प्रवक्ता सेजुवालले बताए।
पार्टीकै मूल्यमान्यता आत्मसात् गरेर बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्ग निर्देशक सिद्धान्त रहने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण