रियल सोसिडाडमाथि भिल्लारियलको सहज जित
शनिबार, ०७ चैत २०८२, ०४ : ४६
सारांश
- भिल्लारियलले रियल सोसिडाडलाई ३-१ गोलले पराजित गर्यो।
- खेलको सातौँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै अग्रता दिलाए।
- भिल्लारियलले खेलमा ३-० को अग्रता लिएको थियो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा भिल्लारियलले रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु टोली भिल्लारियलले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खेलको सातौं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि, १५ औँ मिनेटमा जर्जेस मिकाउटाड्जेले गोल गर्दै अग्रता दोब्बर पारे ।
भिल्लारियल त्यतिमै रोकिएन । खेलको २३ औँ मिनेटमा निकोलस पेपेले तेस्रो गोल थपेपछि पहिलो हाफमै भिल्लारियल ३–० को बलियो स्थितिमा पुगेको थियो ।
दोस्रो हाफमा रियल सोसिडाडले एक गोल फर्कायो । खेलको ४७ औँ मिनेटमा लुका सुसिचले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । अन्ततः खेल भिल्लारियलले ३–१ ले आफ्नो पक्षमा पार्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण