'प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु'
सारांश
- नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्रीलाई आन्दोलनका घटना छानबिनको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।
- उनले आफू र युवाहरूमाथि लागेका आरोपहरूको जवाफ खोज्दै सामाजिक र मानसिक दबाबबारे चिन्ता व्यक्त गरिन्।
- बमले व्यक्तिगत स्पष्टीकरण पर्याप्त नहुने भन्दै पीडितहरूको आवाज सुनुवाइ हुनुपर्ने बताइन्।
काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनः प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएकी छिन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफू र आफूजस्ता युवाहरूमाथि लागेका गम्भीर आरोपहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिन माग गरेकी हुन् ।
उनले जटिल अवस्थामा देशको नेतृत्व सम्हालेर निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै वर्तमान समयमा सडक र सामाजिक सञ्जालमा युवाहरूले भोग्नुपरिरहेको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेकी छिन् ।
अभियन्ता बमले आफूमाथि लागेका आरोपहरूका कारण मानसिक र सामाजिक दबाब झेल्नुपरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,-'प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन र म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु ।'
आफूले फेसबुकको इनबक्स र कमेन्टहरूमा सुरुदेखि नै अपमानजनक व्यवहार र आरोपहरू खेप्दै आएको बताउँदै उनले अब व्यक्तिगत स्पष्टीकरणले मात्र नपुग्ने बताएकी छिन् । पीडितहरूको आवाज चर्को हुने र त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्ने उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण