मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

आईपीएल २०२६ : सबै १० टोलीहरूको सम्पूर्ण जानकारी

आइतबार, ०८ चैत २०८२, ११ : १३
आइतबार, ०८ चैत २०८२

सारांश

  • आईपीएल २०२६ सिजनको खेल चैत १४ गते सुरु हुनेछ, जसमा रोयल्स च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्नेछन्।
  • खेलाडी अदलबदलमा सन्जु श्यामसन र रविन्द्र जडेजाको चर्चा रह्यो, जडेजा अब राजस्थानबाट र सन्जु चेन्नईबाट खेल्नेछन्।
  • यस सिजनमा प्रत्येक टोलीमा १८ देखि २५ खेलाडी हुनुपर्ने र ८ विदेशी खेलाडी राख्न पाउने नियम छ।

काठमाडौँ । इन्डियन प्रिमिर लिग (आईपीएल) २०२६ सिजनको सुरुवात हुन अब ९ मात्र बाँकी छ । प्रतियोगिताको पहिलो खेलमा चैत १४ (२८ मार्च) मा साविकको विजेता टोली रोयल्स च्यालेन्र्स बैंगलोर (आरसीबी) र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता सुरु हुनुअघि सम्पूर्ण टोलीहरूले आफ्नो घरेलु मैदानमा तयारी गरिरहेका छन् । आईपीएल २०२६ सिजनका लागि टोलीहरूको स्क्वाड आधिकारिक रूपमा सार्वजनिक भइसकेको छ । 

आईपीएल २०२६ आरसीबीका लागि भने खेलाडी अनुबन्धको कुरामा केही नौलोपन ल्यायो । सन् २०२५ को आईपीएलको एक मात्र उपाधि जितेको आरसीबीले आफ्ना सबै खेलाडीलाई रिटेन गरेको थियो । आरसीबीले गत सिजनको फाइनल खेलमा पन्जाब किङ्सलाई हराउँदै उपाधि जितेको थियो । 

आईपीएलको यो सिजनमा भएको खेलाडी अदलबदलले पनि धेरै चर्चा पाएको थियो, जसमा सर्वाधिक चर्चाको विषय भने सन्जु श्यामसन र रवीन्द्र जडेजाको भएको थियो । लामो समय चेन्नईमा बिताएका जडेजा अब राजस्थानबाट देखिनेछन् भने सन्जुले चेन्नईमा ।

त्यस्तै खेलाडी अनुबन्ध गरेपछि दुई देशबिचको आन्तरिक द्वन्द्वले गर्दा टिमले रिलिज गरेको विषय पनि चर्चामा आयो । बीसीसीआईले बंगलादेशका मुस्ताफिजुर रहमानलाई रिलिज गर्न कोलकाता नाइट राइडर्सलाई पत्र पठाएको थियो । केकेआरले सुरुमा रहमानलाई ९.२ करोडमा खरिद गरेको थियो । रहमान २०२६ सिजनका लागि अनुबन्धित एक्ला बंगलादेशी खेलाडी थिए ।

यो सिजन आईपीएलको नियमअनुसार, प्रत्येक टोलीमा कम्तीमा १८ र बढीमा २५ खेलाडी हुनुपर्ने नियम छ, जसमा सबै टोलीले ८ भन्दा बढी विदेशी खेलाडी राख्न पाउँदैनन् । यद्यपि, एक म्याचको प्लेइङ ११ मा केवल ४ विदेशी खेलाडीलाई मात्र समावेश गर्ने आईपीएलको नियम छ । 

सबै फ्रेन्चाइजीले यो सिजन ब्याटिङ, बलिङ र अलराउन्डर विभागमा सन्तुलित टोली निर्माण गरेका छन् । आईपीएलमा यो सिजन पनि महेन्द्र सिंह धोनी, रोहित शर्मा र विराट कोहलीजस्ता अनुभवी खेलाडीहरू देख्न पाइनेछन् । धोनीले यो सिजन भने चेन्नइको कप्तानी गर्ने छैनन् । अघिल्लो सिजन ऋतुराज गायक्वाड घाइते हुँदा धोनीले कप्तानी सम्हालेका थिए । यता रोहित शर्माले हार्दिक पाड्याको कप्तानीमा खेल्दा विराटले रजत पाटिदारको कप्तानीमा खेल्नेछन् । 

चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, लखनऊ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पञ्जाब किंग्स गरी सबै १० फ्रेन्चाइजहरूको आईपीएल २०२६ को सम्पूर्ण जानकारी यहाँ उल्लेख छ । 

१. चेन्नई सुपर किंग्स (सीएसके)

कप्तानः ऋतुराज गायकवाड

प्रशिक्षकः स्टिफन फ्लेमिङ

घरेलु मैदानः एमए चिदम्बरम स्टेडियम, चेन्नई

मालिकः चेन्नई सुपर किंग्स क्रिकेट लिमिटेड

ब्याटरहरूः ऋतुराज गायकवाड, एमएस धोनी (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), डेवाल्ड ब्रेभिस, आयुष म्हात्रे, कार्तिक शर्मा (विकेटकिपर), सरफराज खान, उर्विल पटेल (विकेटकिपर)

अलराउन्डरहरूः अंशुल कम्बोज, जेमी ओभरटन, रामकृष्ण घोष, प्रशान्त वीर, म्याथ्यू सर्ट, अमन खान, ज्याक फल्क्स, शिवम दुबे

बलरहरूः खलिल अहमद, नूर अहमद, मुकेश चौधरी, नाथन एलिस, श्रेयस गोपाल, गुरजपनीत सिंह, अकिल होसेन, म्याट हेनरी, राहुल चाहर

२. मुम्बई इन्डियन्स (एमआई)

कप्तानः हार्दिक पाण्ड्या

प्रशिक्षकः महेला जयबद्र्धने

घरेलु मैदानः वानखेडे स्टेडियम, मुम्बई

मालिकः इन्डियाविन स्पोट्र्स प्रालि

ब्याटरहरूः रोहित शर्मा, सूर्यकुमार यादव, रोबिन मिन्ज (विकेटकिपर), शेरफेन रदरफोर्ड, रायन रिकेल्टन (विकेटकिपर), क्विन्टन डी कक (विकेटकिपर), दानिश मलेवार, तिलक वर्मा

अलराउन्डरहरूः हार्दिक पाण्ड्या, नमन धीर, मिचेल सान्टनर, राज अंगद बावा, अथर्व अंकोलेकर, मयंक रावत, कोर्बिन बोश, विल ज्याक्स, शार्दुल ठाकुर

बलरहरूः जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, दीपक चाहर, मयंक मार्कंडे, अश्वनी कुमार, मोहम्मद इजहार, रघु शर्मा

३. रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)

कप्तानः रजत पाटीदार

प्रशिक्षकः एन्डी फ्लावर

घरेलु मैदानः एम चिन्नास्वामी स्टेडियम

मालिकः रोयल च्यालेन्जर्स स्पोट्र्स प्राइभेट लिमिटेड

ब्याटरहरूः विराट कोहली, फिल साल्ट (विकेटकिपर), देवदत्त पडिक्कल, रजत पाटीदार, जितेश शर्मा (विकेटकिपर), जोर्डन कक्स (विकेटकिपर)

अलराउन्डरहरूः क्रुणाल पाण्ड्या, टिम डेभिड, रोमारियो शेफर्ड, ज्याकब बेथेल, वेंकटेश अय्यर, सात्विक देसवाल, मंगेश यादव, विक्की ओस्तवाल, विहान मल्होत्रा, कनिष्क चौहान

बलरहरूः भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल, नुवान थुषारा, सुयश शर्मा, रसिक दार, ज्याकब डफी, अभिनन्दन सिंह

४. कोलकाता नाइट राइडर्स (केकेआर)

कप्तानः अजिंक्ये रहाणे

प्रशिक्षकः अभिषेक नायर

घरेलु मैदानः इडेन गार्डेन्स

मालिकः नाइट राइडर्स स्पोट्र्स प्राइभेट लिमिटेड

ब्याटरहरूः अजिंक्य रहाणे, अंगकृष रघुवंशी, मनिष पाण्डे, रिंकु सिंह, रोभमन पावेल, फिन एलेन (विकेटकिपर), टिम सेफर्ट (विकेटकिपर), तेजस्वी सिंह (विकेटकिपर), राहुल त्रिपाठी, क्यामरुन ग्रीन

अलराउन्डरहरूः अनुकुल रोय, सार्थक रञ्जन, दक्ष कामरा, रचिन रविन्द्र, रमनदीप सिंह

बलरहरूः वैभव अरोरा, मथिसा पथिराना, कार्तिक त्यागी, प्रशान्त सोलंकी, आकाश दीप, हर्षित राणा, उम्रान मलिक, सुनील नारायण, वरुण चक्रवर्ती

५. सनराइजर्स हैदराबाद (एसआरएच)

कप्तानः प्याट कमिन्स

प्रशिक्षकः डेनियल भेट्टोरी

घरेलु मैदानः राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम

मालिकः सन टिभी नेटवर्क लिमिटेड

ब्याटरहरूः इशान किशन (विकेटकिपर), अनिकेत वर्मा, स्मरण रविचन्द्रन, सलिल अरोरा (विकेटकिपर), हेनरिक क्लासेन (विकेटकिपर), ट्राभिस हेड

अलराउन्डरहरूः हर्षल पटेल, कमिन्दु मेन्डिस, हर्ष दुबे, ब्राइडन कार्स, शिवांग कुमार, क्रेन्स फुलेत्रा, लियाम लिभिङस्टोन, ज्याक एडवड्र्स, अभिषेक शर्मा, नितिश कुमार रेड्डी

बलरहरूः प्याट कमिन्स, जीशान अन्सारी, जयदेव उनादकट, इशान मालिङ्गा, सकिब हुसैन, ओंकार तरमाले, अमित कुमार, प्रफुल हिंगे, शिवम मावी

६. दिल्ली क्यापिटल्स (डीसी)

कप्तानः अक्षर पटेल

प्रशिक्षकः हेमांग बदानी

घरेलु मैदानः अरुण जेट्ली स्टेडियम

मालिकः जेएसडब्लू जीएमआर क्रिकेट प्रालि

ब्याटरहरूः केएल राहुल (विकेटकिपर), करुण नायर, डेभिड मिलर, बेन डकेट (विकेटकिपर), पाथुम निसांका, साहिल पारख, पृथ्वी श, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स (विकेटकिपर)

अलराउन्डरहरूः अक्षर पटेल, समीर रिजवी, आशुतोष शर्मा, विप्रज निगम, अजय मण्डल, त्रिपुराना विजय, माधव तिवारी, अकिब दार, नितिश राणा

बलरहरूः मिचेल स्टार्क, टी. नटराजन, मुकेश कुमार, दुष्मन्था चमीरा, लुंगी एनगिडी, काइल जेमिसन, कुलदीप यादव

७. लखनऊ सुपर जायन्ट्स (एलएसजी)

कप्तानः ऋषभ पन्त

प्रशिक्षकः जस्टिन ल्याङ्गर

घरेलु मैदानः इकाना क्रिकेट स्टेडियम

मालिकः आरपीएसजी स्पोट्र्स प्राइभेट लिमिटेड

ब्याटरहरूः ऋषभ पन्त (विकेटकिपर), एडेन मार्कराम, हिम्मत सिंह, म्याथ्यू ब्रिट्ज्के, मुकुल चौधरी (विकेटकिपर), अक्षत रघुवंशी, जोश इंग्लिस (विकेटकिपर), निकोलस पूरन (विकेटकिपर)

अलराउन्डरहरूः मिचेल मार्श, अब्दुल समद, शाहबाज अहमद, अर्शिन कुलकर्णी, वानिन्दु हसरंगा, आयुष बडोनी

बलरहरूः मोहम्मद शमी, आवेश खान, एम. सिद्धार्थ, दिग्बेश सिंह, आकाश सिंह, प्रिन्स यादव, अर्जुन तेन्दुलकर, एनरिच नोर्किया, नमन तिवारी, मयंक यादव, मोहसिन खान

८. राजस्थान रोयल्स (आरआर)

कप्तानः रियान पराग

प्रशिक्षकः कुमार संगकारा

घरेलु मैदानः सवाई मानसिंह स्टेडियम

मालिकः रोयल मल्टिस्पोर्ट प्राइभेट लिमिटेड

ब्याटरहरूः रियान पराग, शुभम दुबे, वैभव सूर्यवंशी, डोनोभान फरेरा (विकेटकिपर), लुआन–ड्रे प्रिटोरियस (विकेटकिपर), रवि सिंह, अमन राव पेराला, शिमरोन हेटमायर, यशस्वी जयसवाल, ध्रुव जुरेल (विकेटकिपर)

अलराउन्डरहरूः युद्धवीर सिंह चरक, रविन्द्र जडेजा, साम करन

बलरहरूः जोफ्रा आर्चर, तुषार देशपांडे, क्वेना मफाका, रवि बिश्नोई, सुशान्त मिश्रा, यश राज पुनिया, विग्नेश पुथुर, ब्रिजेश शर्मा, एडम मिल्न, कुलदीप सेन, सन्दीप शर्मा, नान्द्रे बर्गर

९. गुजरात टाइटन्स (जीटी)

कप्तानः शुभमन गिल

प्रशिक्षकः आशिष नेहरा

घरेलु मैदानः नरेन्द्र मोदी स्टेडियम

मालिकः इरेलिया स्पोट्र्स इन्डिया प्राइभेट लिमिटेड

ब्याटरहरूः शुभमन गिल, जोस बटलर (विकेटकिपर), कुमार कुशाग्र (विकेटकिपर), अनुज रावत (विकेटकिपर), टम ब्यान्टन (विकेटकिपर), ग्लेन फिलिप्स

अलराउन्डरहरूः निशान्त सिन्धु, वाशिंगटन सुन्दर, मो. अरशद खान, साई किशोर, जयन्त यादव, जेसन होल्डर, साई सुदर्शन, शाहरुख खान

बलरहरूः कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, मानव सुथार, गुरनूर सिंह ब्रार, इशान्त शर्मा, अशोक शर्मा, पृथ्वी राज यारा, ल्यूक वुड, राहुल तेवतिया, राशिद खान

१०. पञ्जाब किंग्स (पीबीकेएस)

कप्तानः श्रेयस अय्यर

प्रशिक्षकः रिकी पोन्टिङ

घरेलु मैदानः पीसीए स्टेडियम

मालिकः केपीएच ड्रिम क्रिकेट प्राइभेट लिमिटेड

ब्याटरहरूः श्रेयस अय्यर, नेहल वढेरा, विष्णु विनोद (विकेटकिपर), हरनूर पन्नु, पायला अविनाश, प्रभसिमरन सिंह (विकेटकिपर), शशांक सिंह

अलराउन्डरहरूः मार्कस स्टोइनिस, हरप्रीत ब्रार, मार्को यानसेन, अजमतुल्लाह ओमरजाई, प्रियांश आर्य, मुशीर खान, सुर्यांश शेडगे, मिच ओवेन, कूपर कोनोली, बेन ड्वारशुइस

बलरहरूः अर्शदीप सिंह, युजवेन्द्र चहल, वैशाक विजयकुमार, यश ठाकुर, जेभियर बार्टलेट, प्रविन दुबे, विशाल निषाद, लकी फर्गुसन

आईपीएल २०२६ को टोली स्क्वाडले सबै १० फ्रेन्चाइजहरूमा अनुभवी अन्तर्राष्ट्रिय स्टारहरू, स्थापित आईपीएल खेलाडीहरू, र प्रतिभाशाली भारतीय प्रतिभाहरूको सन्तुलित मिश्रण देखाउँछ । 

१८ देखि २५ खेलाडीको स्क्वाड साइज र बढीमा आठ विदेशी खेलाडी राख्न पाउने नियमसँगै, टोलीहरूले प्लेइङ ११ छनोट गर्दा आफ्नो संयोजनलाई सावधानीपूर्वक रणनीति बनाउनुपर्छ । 

प्रतियोगिता नजिकिँदै गर्दा, फ्यानहरूले विश्वको सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक टी–२० क्रिकेट लिगहरू मध्ये एकमा कडा प्रतिस्पर्धा, उत्कृष्ट प्रदर्शन, र उदीयमान युवा खेलाडीहरूले आफ्नो छाप छोडेको हेर्न पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप