जुम्लामा एक वृद्धाको रहस्यमय मृत्यु
सारांश
- जुम्लामा ७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु भएको छ, उपचारका क्रममा उनको मृत्यु भयो।
- महिलाको टाउको र आँखामा चोटपटक लागेको थियो, धारिलो हतियार प्रयोग भएको आशंका छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, घटनास्थलमा टोली खटिएको छ।
काली बहादुर परियार
जुम्ला । जुम्लामा ७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा भेटिएकोमा उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिहान ८ः१० बजे ल्याइएको थियो भने ९ः४५ बजे चिकित्सकले मृत घोषणा रेका थिए । प्रहरी निरीक्षक निर्देश बरालका अनुसार महिलाको टाउको र आँखामा चोटपटक लागेको थियो ।
उनका आफन्त धिरबहादुर वडले टाउकोमा धारिलो हतियारले प्रहार गरी घरमै राखेको अवस्थामा छिमेकीले घटना थाहा पाएका थिए । टाउकोको घाउसँगै आँखामा समेत चोट देखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टिम घटनास्थलमा गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण