अपडेट
कपिलवस्तु अझै अशान्त, प्रहरीद्वारा लाठीचार्ज
आइतबार, ०८ चैत २०८२, १४ : ०३
सारांश
- कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद हिजो बिहानदेखि साम्य भएको छैन।
- महराजगञ्जमा स्थानीय युवाहरूले प्रदर्शन जारी राखेका छन्, र प्रहरीले लाठीचार्ज गरेको छ।
- इद मनाउने क्रममा झडप हुँदा प्रहरीले गोली चलायो, जसमा ४ जना घाइते भए।
कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन । कपिलवस्तुको महराजगञ्जका केही ठाउँमा अहिले पनि स्थानीय युवाले प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक प्रकाश कुँवरले अहिले पनि केहि ठाउँमा प्रदर्शन भइरहेको जानकारी दिए । उनले प्रदर्शन रोक्न केही ठाउँमा लाठीचार्ज समेत गरिएको बताए ।
मुस्लिमहरूले इद मनाउँदै गर्दा शनिबार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदाय बिचमा झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए भने केही प्रहरी घाइते भएका थिए । स्थानीय प्रशासनले हिजो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण