मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले पहिल्यायो चुनाव हार्नुको पाँच कारण

आइतबार, ०८ चैत २०८२, २१ : ०७
आइतबार, ०८ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा पराजयका पाँच कारण पत्ता लगाएको छ।
  • केन्द्रीय कार्यसमिति बैठकले गुटबन्दी, गठबन्धनको कमजोर कार्यसम्पादन जस्ता कारण औंल्यायो।
  • युवा असन्तुष्टि, संरचनागत कमजोरी र डिजिटल प्रभावले पनि कांग्रेसलाई नोक्सान पुर्यायो।

काठमाडौँ । नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोर्नुका पाँच कारण निर्क्याैल गरेको छ।

दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँच कारणले गर्दा चुनाव हारेको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको
निर्वाचन परिणामको प्रारम्भिक समीक्षलाई परीमार्जन सहित पारीत गर्दै निर्वाचन हार्नुका पाँच कारण निर्क्याैल गरेको हो। 

बैठकमा उपसभापति शर्म ले २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए त्यो प्रतिवेदन माथि छलफल गर्दै पाँच बुँदे कारण बारे केन्द्रीय समितिले निर्णय गरेको हो।

केन्द्रीय समितिको निर्णयअनुसार हारका पाँच कारण यस्ता छन्

  • चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु।
  • गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।
  • विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ) का कारण जनआक्रोश बढ्नु।
  • जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।
  • डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुग्नु।

यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले ठहर गरेको प्रवक्ता चालिसेले जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप