भेटवार्ता
रवि लामिछानेले भने– सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन
आइतबार, ०८ चैत २०८२, २१ : १४
सारांश
- रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको निर्णयप्रति कुनै आपत्ति नभएको बताए ।
- प्रधानमन्त्रीसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
- सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठलाई मनोनीत गरेको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको बताएका छन् ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँगको भेटमा सभापति लामिछानेले यस्तो बताएका हुन् । केही दिनअघि मात्रै सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको थियो । यसको चौतर्फी आलोचना समेत भएको थियो ।
श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव हुन् ।
यस्तै सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण