सोमबारदेखि अवकाशमा जाँदै सचिव शर्मा
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले ३० वर्ष लामो सेवापछि अवकाश लिँदै छन्।
- शर्मालाई आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बिदाइ गरियो, उनले प्राविधिक र प्रशासनिक दुवै क्षेत्रमा काम गरे।
- शर्माले नागढुंगा सुरुङ मार्ग निर्माण र रणनीतिक सडकको स्तरोन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा आफ्नो लामो सरकारी सेवा अवधि पूरा गरी भोलि (सोमबार) देखि अनिवार्य अवकाशमा जाँदैछन् । ५८ वर्षे उमेर हदका कारण २०८२ चैत ९ गतेदेखि उनी अवकाश हुने भएका हुन् ।
सचिव शर्मालाई आइतबार मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बिच औपचारिक रूपमा बिदाइ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंले उनलाई बिदाइ गरेका हुन् ।
वि.सं. २०५० को दशकको सुरुवातमा इन्जिनियरिङ सेवा (प्राविधिक तर्फ) बाट निजामती सेवामा प्रवेश गरेका शर्माको सरकारी यात्रा ३० वर्षभन्दा लामो छ । उनले आफ्नो सेवा अवधिमा प्राविधिक र प्रशासनिक दुवै क्षेत्रमा महत्त्वपूर्ण दक्खल राख्दै आएका छन् ।
_5VUkOzLf0r.jpg)
नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई २०७९ कात्तिक १६ गते सचिव पदमा बढुवा गरेको थियो । तत्कालीन समयमा बढुवाका लागि सिफारिस भएका तीन जनामध्येबाट उनी सचिवमा छानिएका थिए । सचिवका रूपमा उनले करिब ४१ महिना (साढे तीन वर्षभन्दा बढी) सेवा गरे ।
गत माघमा सचिव शर्मालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको चर्चा चलेको थियो तर उनी हालसम्म भौतिक मन्त्रालयमै कार्यरत थिए ।
शर्माले २०७५ चैतदेखि २०७७ फागुनसम्म सडक विभागको महानिर्देशकको रूपमा जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा नेपालको पहिलो आधुनिक सुरुङ मार्ग ‘नागढुंगा सुरुङ मार्ग’ को निर्माण प्रक्रियाले गति लिएको थियो ।
यस्तै, रणनीतिक सडकहरूको स्तरोन्नति र मुग्लिनको ‘नेटवर्क आर्क ब्रिज’ निर्माणमा उनको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण