पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
सोमबार, ०९ चैत २०८२, १२ : ३४
सारांश
- पाल्पाको तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ।
- आइतबार बेपत्ता भएका दुई भारतीय नागरिकमध्ये एक जनाको शव फेला परेको हो, अर्काको खोजी जारी छ।
- मृतक भारतको उत्तर प्रदेशका हुन्, घटना दिउँसो २ बजे तिनाउ गाउँपालिकामा भएको हो।
पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । आइतबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई भारतीयमध्ये एक जनाको शव फेला परेको हो । अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर तिनाउ गाउँपालिका–३ स्थित खोलामा नुहाउने क्रममा भारतबाट घुम्न आएका ७ जनामध्ये २ जना बगेर बेपत्ता भएका थिए।
डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान साढे १० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार बेपत्ता हुनेहरू भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबीर नगर क्षेत्रका युवक हुन् । अर्का बेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण