वाणिज्य विभागले गर्याे १५ फर्ममाथि कारबाही
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनको उल्लङ्घन गर्ने १५ व्यावसायिक फर्ममाथि कारबाही गरेको छ।
- अनुगमनका क्रममा तीन फर्मलाई जरिवाना र १२ फर्मलाई सामान्य निर्देशन दिइएको छ, जसमा सुवा ग्रोसरीलाई ५० हजार जरिवाना गरिएको छ।
- बढी मूल्यमा बिक्री गरेको र झुक्याएर सामान बेचेको आरोपमा क्रमशः प्रमिसा खाद्यान्न स्टोर र ए जे सप्लायर्सलाई जरिवाना गरिएको छ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको भन्दै १५ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ ।
विभागले आज अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेकाले तीन फर्मलाई नगद जरिवाना र १२ फर्मलाई सामान्य निर्देशन दिइएको जनाएको छ ।
बजार अनुगमनका क्रममा विभिन्न किसिमका त्रुटिहरू भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।ललितपुर महानगरपालिका–२२, बुंगमतीको सुवा ग्रोसरीले उपभोक्तालाई हानि पुर्याउने गरी विषादी वा रसायनको प्रयोग भएको वस्तु बिक्री गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यस्तै ललितपुर महानगरपालिका–१८, मगर गाउँको प्रमिसा खाद्यान्न स्टोरलाई वस्तु वा सेवाको वास्तविक लागतभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारको ए जे सप्लायर्सलाई पनि वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, लुकाई, छिपाई वा झुक्याई बिक्री गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
साथै विभागले अनुगमनका क्रममा केही सामान्य त्रुटिहरू भेटिएका १२ वटा व्यावसायिक फर्महरूलाई भने सचेत गराउँदै तत्काल सुधार गर्न सामान्य निर्देशन मात्र दिएको छ।
_U1m5rI0gCF.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण