बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्यमा रास्वपा, कसरी गरिँदैछ संसदीय कार्यालय व्यवस्थापन ?

सोमबार, ०९ चैत २०८२, २२ : ००
सोमबार, ०९ चैत २०८२

आज २०८२ चैत ९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

१. कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए । 

२. मन्त्रालय संख्या घटाउने गृहकार्यमा रास्वपा
दुई तिहाइ नजिकको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यही शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी आन्तरिक गृहकार्यमा छ । निर्वाचनअगाडि आम मतदातासमक्ष बाचा गरेअनुसार प्रभावकारी मन्त्रिपरिषद् गठन, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा नतिजा निकाल्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेताहरूले बताएका छन् । 

३. सशस्त्रका आईजी अर्याल वैशाखबाट अवकाशमा
शस्त्र प्रहरी बलका आईजी राजु अर्याल १ महिनापछि अवकाशमा जाँदै छन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल २०८३ वैशाख १८ मा अवकाशमा जान लागेका हुन् । 

४. सुशीला सरकारलाई छलफलमा बोलाउने आदेश
दश वर्षको द्वन्द्वकालमा सहिद भएका पीडित परिवारले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभेद र अपमान गरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

५. दश वर्षे द्वन्द्वकालका सहिद परिवार किन पुगे सर्वोच्च ?
दश वर्षको द्वन्द्वकालमा सहिद भएका पीडित परिवारले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभेद र अपमान गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । 

६. सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन 
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा  संसदीय कार्यालय व्यवस्थापन गरेको छ । सिंहदरबारमा नयाँ संसद् निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो । 

७. राजेन्द्रबहादुर सिंहलाई किन चलाइएन मुद्दा ?
जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले आइतबार ३३ मध्ये ३२ जनालाई मात्रै फेक रेस्क्यु (नक्कली उद्धार) मा भएको अर्बौं रुपैयाँ ठगीमा मुद्दा चलाएको छ । मुख्य व्यक्ति मानिएका माउन्टेन हेलिकप्टरका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई भने मुद्दा नचलाउने निर्णय गरेको छ । 

८. अब सात दिनसम्मको मौसम पूर्वानुमान गरिने
 जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म गर्दै आएको मौसम पूर्वानुमानको सेवालाई विस्तार गरेर सात दिनसम्म पुर्‍याउने योजना अघि सारेको छ। 

९. रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत १२ गते पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

१०. एन्फा र राखेपबिच आरोप–प्रत्यारोपको शृङ्खला  
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिचको विवादका कारण नेपाल र हङकङबिच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप