प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन
सारांश
- सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ।
- सिंहदरबारमा नयाँ संसद् भवन निर्माण नभएकाले हालकै संरचनामा दलको कार्यालय व्यवस्थापन गरिएको छ।
- निर्वाचनपछि दलहरूको सिट सङ्ख्या फेरबदल भएपछि सोही अनुसार कार्यालय व्यवस्थापन गरिएको प्रवक्ताले जानकारी दिए।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ ।
सिंहदरबारमा नयाँ संसद् निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्या फेरबदल भयसँगै त्यही अनुसार दलको कार्यालय व्यवस्था गरिएको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
संसद् सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलब्ध गराइएको छ ।
त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए ।
उनले अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहीबाट संसद् र संसदीय गतिविधि हुने जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ । सांसदहरूको शपथ चैत १२ गते हुने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण