फेक रेस्क्युमा संलग्न आरोपमा खोम अधिकारी पक्राउ
सारांश
- प्रहरीले पर्वतारोहणमा पर्यटकको फेक रेस्क्यु गरेको आरोपमा धादिङका एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिले पर्यटकको फेक रेस्क्यु गरी अवैध बिमा रकम दाबी गरेको आरोप छ।
- यस घटनामा संलग्न ३३ जनामध्ये एक जनालाई मुद्दा नचलाउने निर्णय भएको छ।
काठमाडौँ । पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुवाकोट नगरपालिका–१४ घर भएका ३८ वर्षीय सन्तोष अधिकारी भन्ने खोमराज अधिकारी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा.मनोज केसीले रातोपाटीलाई बताए ।
मलेसियाबाट फर्किँदै गर्दा शनिबार पक्राउ गरेर प्रहरीले उनको बयान लिएर अदालतमा पेस गरेको छ । पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा ३२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबारबाट आरोपीहरूको बयान हुँदैछ ।
सन् २०२२ यता भएको फेक रेस्क्युमा ३३ जनाको संलग्नता देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले आरोपीमध्येका राजेन्द्रबहादुर सिंहलाई मुद्दा नचलाउने निर्णय गरेका छन् ।
हवाई व्यवस्थापन विज्ञ समेत रहेका सिंह फेक रेस्क्युमा संलग्न रहेको र उनले अन्य आरोपीलाई मुद्दाबाट बच्ने उपाय सिकाएको अडियो प्रहरीले अनुसन्धान प्रतिवेदन सँगै पेस गरेको थियो । पर्यटकको फेक रेस्क्यु गरेर स्वास्थ्य बिमा दाबी गर्दै नाफा आर्जन गरेको आरोपमा १० जना पक्राउ परेका छन् । थप २२ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण