कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मङ्गलबार, १० चैत २०८२, ०६ : ३६
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा बस्ने भएको छ।
- बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
- यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।
यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण