आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ।
- चाँदीको मूल्यमा भने प्रतितोला ८० रुपैयाँले वृद्धि भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दछ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ कायम गरिएको छ ।
चाँदीको मूल्य भने बढ्यो
सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ ।
सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ३ हजार ८ सय ६३ रुपैयाँ रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण