'एनआरएनले ‘पीएनओ’लाई प्राथमिकता दिनु खुसीको विषय'
सारांश
- एनआरएनएले नेपाली मूलका विदेशी नागरिक (पीएनओ) हरूलाई प्राथमिकतामा राखेको छ, जसले उनीहरूलाई खुशी तुल्याएको छ।
- थाइल्याण्ड र मलेसियाका नेपाली मूलका नागरिकहरूले आफ्नो पहिचान र पुर्खाको देशसँग जोडिने इच्छा व्यक्त गरेका छन्।
- एनआरएनएले पीएनओको पहिचानलाई कानुनी रूपमा सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर छरिएर रहेका ‘नेपाली मूलका विदेशी नागरिक’ (पीएनओ) हरूलाई उच्च प्राथमिकतामा राखेपछि उनीले खुसी व्यक्त गरेका छन् ।
यससँगै उनीहरुले बर्मा, थाइल्याण्ड, मलेसिया, फिजी लगायतका देशमा पुस्तौँदेखि बस्दै आएका नेपाली मूलका नागरिकहरूले आफ्नो पहिचान र पुर्खाको देशसँग जोडिने चाहना पूरा हुने विश्वास व्यक्त गरेका छन्।
थाइल्याण्डमा व्यवसाय गर्दै आएका जेम्स कार्की र मलेसियाका देवान राईले एनआरएनएको यो कदमको स्वागत गर्दै आफ्ना सन्ततिलाई गर्वका साथ नेपाल लैजाने इच्छा अब पूरा हुने बताए। एनआरएनएको १२औँ वार्षिक सभाले नेपाली मूलका नेपालीहरूलाई परिचयपत्र दिने र उनीहरूको पहिचानलाई कानुनी रूपमा सुनिश्चित गर्ने मुद्दालाई विशेष महत्वका साथ उठाएको छ।
एनआरएनएका पीएनओ संयोजक कुमार कार्कीले नयाँ बन्ने सरकारले कानुनी व्यवस्था गरी पहिचानको अधिकार सुनिश्चित गर्नेमा आशावादी रहेको बताए। ‘सरकार र एनआरएनएको नेतृत्वबाट भएको पहलकदमी सकारात्मक छ,’ कार्कीले भने।
हालै पीएनओ टोलीले गृहमन्त्री ओम प्रकाश अर्याल, परराष्ट्र सचिव अमृत कुमार राई र अन्य उच्च पदस्थ अधिकारीहरूलाई भेटेर आफ्ना मागहरूको स्मरण गराएको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पनि आगामी अधिवेशनमा पेश हुने गैरआवासीय नेपाली सम्बन्धी विधेयकमा पीएनओका सवालहरूलाई समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण