‘धुरन्धर २’को रफ्तार कायमै, ५ दिनमै ८०० करोड कमाउँदै ‘छावा’ र ‘पीके’को रेकर्ड तोड्यो
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर : द रिभेन्ज' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ, जसले भारतमा ६५ करोड कमाएको छ।
- फिल्मले विश्वभर ८०० करोडको आँकडा पार गर्दै विक्की कौशल र आमिर खानको फिल्मलाई उछिन्यो।
- पाँच दिनको कमाईमा फिल्म भारतीय सिनेमा इतिहासमै दोस्रो स्थानमा छ, 'पुष्पा २' पछि।
मुम्बई । अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले भारतीय बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पाँचौँ दिन अर्थात् सोमबार पनि फिल्मले आफ्नो पकड बलियो बनाउँदै भारतमा मात्रै ६५ करोड (भारु)को कलेक्सन गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले विश्वभर ८०० करोडको आँकडा पार गरिसकेको छ । फिल्मले अहिलेसम्म विक्की कौशलको ‘छावा’ र आमिर खानको ‘पीके’ जस्ता ठुला फिल्महरूको लाइफटाइम कलेक्सन (कुल कमाइ) लाई समेत उछिनेको छ ।
पाँच दिनको अन्त्यसम्ममा फिल्मको भारतमा कुल नेट कलेक्सन ५१९.१२ करोड भारु पुगेको छ भने ग्रस कलेक्सन ६१९.७६ करोड भारु भएको छ । वैदेशिक बजार (ओभरसीज) बाट फिल्मले २१० करोड भारु सङ्कलन गरेको छ। यससँगै फिल्मको कुल वल्र्डवाइड ग्रस कलेक्सन ८२९.७६ करोड भारु पुगेको छ ।
५ दिनको कमाइको तथ्याङ्क हेर्दा यो फिल्म भारतीय सिनेमा इतिहासमै दोस्रो स्थानमा छ । यसभन्दा अगाडि ‘पुष्पा २’ मात्र रहेको छ । जसले ५ दिनमा ८८१.२६ करोड भारु कमाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण