कपिलवस्तुमा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै
सारांश
- कपिलवस्तु जिल्लामा लगाइएको निषेधाज्ञा आज बिहान ९ बजेदेखि पूर्ण रूपमा हटाइएको छ।
- निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ र पसलहरू खुल्न थालेका छन्।
- महाराजगञ्ज नगरपालिकामा दुई समूहबीचको झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।
बुटवल । कपिलवस्तुमा गत शनिवारदेखि लागू गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै आज बिहान ९ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको हो।
निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीयका अनुसार बजारमा पसलहरू खुल्न थालेका छन् भने मानिसहरूको आवतजावत समेत बढ्न थालेको छ।
जिल्लाको महाराजगञ्ज नगरपालिका–२, वरदवामा दुई समूहबिच भएको झडपलाई मध्यनजर गर्दै चैत ७ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो।
प्रशासनका अनुसार शान्ति सुरक्षा अवस्था सुधारोन्मुख बन्दै गएको र नागरिकको दैनिक जीवन सहज बनाउन आवश्यक देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा हटाइएको हो। अब जिल्लामा सर्वसाधारणको आवतजावत तथा दैनिक गतिविधि पूर्ववत् रूपमा सञ्चालन हुने बताइएको छ।
उक्त घटनामा चैत ७ गते हिन्दु र मुस्लिम समुदायबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो क्रममा चार जना स्थानीय घाइते भएका थिए भने केही प्रहरीसमेत घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण