सिटिजन्स बैंकको साताव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न
सारांश
- सिटिजन्स बैंकले ग्लोबल मनी विक २०२६ सप्ताहव्यापी रूपमा मनायो, जसमा ६ हजार मानिसलाई वित्तीय ज्ञान दियो।
- बैंकले देशभरका विभिन्न शाखा र समुदायमा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्यो।
- कार्यक्रमले वित्तीय अपराध, डिजिटल कारोबार र रेमिट्यान्स सम्बन्धी सचेतना प्रदान गर्यो।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ७ वटै प्रदेशमा सप्ताहव्यापी रूपमा सञ्चालन गरेको ग्लोबल मनी विक २०२६ भव्य रूपमा सम्पन्न गरेको छ। चैत २ गतेदेखि ८ गतेसम्म 'स्मार्ट मनी टक्स २०२६' भन्ने मूल नाराका साथ सञ्चालित यस अभियानमार्फत बैंकले करिब ६ हजार सर्वसाधारण तथा लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको हो।
बैंकले आफ्ना १०८ वटा शाखा कार्यालयहरूमार्फत विभिन्न समुदाय, युवा र विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश पुर्याएको छ। ग्लोबल मनी विकअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, दमकदेखि मधेश प्रदेशको वीरगञ्ज, जनकपुर र राजविराजसम्म वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो।
त्यसै गरी बाग्मती प्रदेशको काठमाडौँ उपत्यकाका विभिन्न स्थानसहित चरिकोट, हेटौँडा र सिन्धुली, गण्डकी प्रदेशको पोखरा, दमौली र बागलुङ, लुम्बिनी प्रदेशको बुटवल, घोराही र तुलसीपुर, कर्णालीको जुम्ला, सुर्खेत र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया र बझाङ लगायतका क्षेत्रमा यो अभियान चलाइएको थियो। यी कार्यक्रमहरूमा सहभागी युवा तथा विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनको महत्त्व र आवश्यकताका बारेमा विस्तृत जानकारी दिइएको थियो।
बैंकले पछिल्लो समय विद्युतीय बैंकिङ्गको विकाससँगै बढ्दै गएको वित्तीय अपराध र जोखिमका बारेमा समेत सहभागीहरूलाई सचेत गराएको छ। डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, नगद लेनदेनमा बैंकिङ्ग प्रणालीको प्रयोग र विप्रेषण (रेमिट्यान्स) का सही तरिकाबारे प्रशिक्षण दिइएको थियो। यस्ता कार्यक्रमले बैंकिङ्ग प्रणालीलाई मजबुत बनाउनुका साथै भावी पुस्तामा वित्तीय चेतनाको विकास हुने विश्वास बैंकले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण