सशस्त्र प्रहरीको पशुपतिनाथ बाहिनी २२ औँ वर्षमा
सारांश
- सशस्त्र प्रहरीको पशुपतिनाथ बाहिनीले २२ औँ स्थापना दिवस मनायो।
- डीआईजी सुरेश श्रेष्ठले संगठन सुधारको योजनाबारे जानकारी दिए।
- उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरूलाई पुरस्कृत गरियो।
काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरक्षा कमाण्डको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको नम्बर–९ पशुपतिनाथ बाहिनी २२ औँ वर्षमा प्रवेश गरेको छ । सो बाहिनीले मङ्गलबार मिनभवन स्थित आफ्नो अस्थायी कार्यालयमा २२ औँ स्थापना दिवस मनाएको छ ।
पशुपतिनाथ बाहिनीका प्रमुख (डीआईजी) सुरेश श्रेष्ठले सङ्गठनको नीतिगत सुधारको योजना सफल बनाउन बाहिनी र मातहतका युनिटहरूले दृढतापूर्वक काम गरिरहेको बताए ।
उत्कृष्ट काम गर्ने बाहिनीका एसएसपी नेत्र बहादुर कार्की सहितका अधिकृत तथा जवानहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कृत गरेका छन् । पुरस्कृत हुनेमा एसएसपी कार्की, डीएसपी तारा बहादुर केसी, इन्स्पेक्टर मदन अधिकारी, सई पवन पाण्डे, असई झल बहादुर चन्द, वरिष्ठ हवल्दार उत्तम बस्नेत, हवल्दार द्वय नवराज लामिछाने, बासुदेव लामिछाने, सहायक हवल्दार राम लामा र जवान किशन कुमार सिंह छन् ।
बाहिनीलाई सहयोग गर्ने पेम्बा तेन्जिङ शेर्पा, जगत बहादुर पोखरेल, सन्दीप अग्रवाल र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीलाई पनि आईजी अर्यालले सम्मान गरेका छन् ।
बाहिनी स्थापना दिवसको अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम हुने टिका विद्याश्रममा १२ कक्षामा अध्ययनरत दिनेश रोकाया, द्धितिय हुने एल.आर.आई स्कुलमा ११ कक्षामा अध्ययनरत अंकिता रिमाल, तृतीय हुने सिबर्ड कलेजमा अध्ययनरत करुणा श्रेष्ठलाई सशस्त्र प्रहरीका एआईजीहरूले पुरस्कृत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण