चैते छठ मनाउँदै भक्तजन, तस्बिरहरू
काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटमा भक्तजनहरूले चैते छठ मनाएका छन्।
मंगलबार उपत्यकाको गौरीघाट स्थित बागमती किनारमा भक्तजनहरूले चैते छठ मनाएका हुन्।
अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको हाे ।
चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको मुख्य दिन षष्ठी तिथिका दिन मंगलबार साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाएका हुन् ।
पर्वको षष्ठी तिथिका दिन व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, फलपूmल तथा मुला लगाएत ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । साथै सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
_SPvqHl3q9o.jpg)
_WG3VE3aBvE.jpg)
_Msr2aMjgG6.jpg)
_XFdqDQvDhn.jpg)
_NieDYnhozN.jpg)
_6Eff5kzuQ6.jpg)
_GaKUMG74hL.jpg)
_OFjoOTbOj8.jpg)
_7sGgsGEWVt.jpg)
_KRrGeOtybf.jpg)
_14xn43yO2P.jpg)
_IK6rXWSBWz.jpg)
_cKeKMwZn8x.jpg)
_wUCNrMDniX.jpg)
_Pz4MGVojnc.jpg)
_FfnvoBFW6j.jpg)
_WwCemcE9bR.jpg)
_MugaifYAh5.jpg)
_MooVWJzPv6.jpg)
_SwyiQ0yM1g.jpg)
_lk1tgDz9GL.jpg)
_8MlxC6yvUC.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण